Myagdi Korala Bus 2.0.0 Icon
0
0 Ratings
2K+
Downloads
2.0.0
version
Oct 23, 2024
release date
25.8 MB
file size
Free
Download

About Myagdi Korala Bus Android App

सार्वजनिक यातायात नाफा आर्जन गर्न स्थापित सेवामुलक ब्यवसाय हो । तर पछिल्ला समय सार्वजनिक यातायात गुणस्तरहीन सेवा, यात्रुमाथी हुने अर्मयादित ब्यवहार, महिला यात्रुमाथी यौनजन्य दुर्ब्यवहार तगा ब्यवसायी विच पनि अस्वस्थ्य प्रतिस्पर्धाबाट गुज्रिरहेको थियो/छ । आलोपालो पद्धति (सिण्डीकेट) को नाममा सार्वजनिक यातायात बदनाम थियो ।
परम्परागत यातायात ब्यवसायी समितिबाट आलोपालो पद्धतिमा चल्ने प्रचलन हटाई सार्वजनिक यातायातलाई सेवाग्राहीको माग र युगको आवश्यकतामा आधारित गुणस्तरिय सेवा, सवै यात्रुमाथी मर्यादित र भद्र ब्यवहार, स्वस्थ्य प्रतिस्पर्धाका माध्यमबाट यातायात सेवा संञ्चालन गर्न सरकारले तोकेको करको दायरामा आवद्ध भै कानुनी मान्यता प्राप्त गरी म्याग्दी कोरला यातायात प्रालि यात्रुको सेवामा सर्मपित छ । 
म्याग्दी कोरला यातायात प्रालि म्याग्दीमा सार्वजनिक यातायात संञ्चालनमा ल्याउने पहिलो कम्पनी भएको खवर समस्त यात्रु एवं सेवाग्राही तथा सरोकारवालामा सुनाउन पाउँदा हामी हर्षित छौं । म्याग्दी कोरला यातायात प्रालि    २०७५/०२/१८   संचालन  मा अाएकाे र याे २०७४/१०/०८ मा  दर्ता भै कानुनी मान्यता प्राप्त कम्पनी हो । कम्पनीमा म्याग्दीका विभिन्न क्षेत्रमा प्रतिष्ठा आर्जन गरेका ब्यक्तिहरु आवद्ध छन । 
सार्वजनिक यातायातमा मर्यादित ब्यवहार, गुणस्तरिय सेवा र उचित मुल्यमा यात्रा गर्न पाउनु प्रत्यक यात्रुको अधिकार हो । सर्वसाधारणले आफ्नो नामको घरखेत काटेर दिएको जग्गामा बनेको सडकमा हामी सिमित यातायात ब्यवसायीले पेवा बनाउन सक्दैनौं । सार्वजनिक यातायात पूर्णत नाफासहितको सेवामुलक ब्यवसाय हो भन्ने कुरामा म्याग्दी कोरला यातायात प्रालि विश्वास राख्दछ । 
यात्रु हाम्रा भगवान हुन । सवै यात्रुको उत्तिकै इज्जत हुन्छ । सवै यात्रुको मर्यादाको उच्च सम्मान र कदर गर्नु तथा ब्यवसायीक विश्वासनियता म्याग्दी कोरला यातायात प्रालिको विशेषता हो । यात्रु तथा उनीहरुको सामाग्रीको सुरक्षा हाम्रो प्रमुख चासोको विषय हो । युग सुहाउँदो सेवा हाम्रो प्रतिवद्धता हो ।

Other Information:

Requires Android:
Android 11.0+ (R, API 30)
Other Sources:

Download

This version of Myagdi Korala Bus Android App comes with one universal variant which will work on all the Android devices.

Variant
22
(Oct 23, 2024)
Architecture
arm64-v8a
Minimum OS
Android 11.0+ (R, API 30)
Screen DPI
nodpi (all screens)
Loading..